राजनीति

एमसिसीबारे छलफल गर्न डाकिएको नेकपा सचिवालय बैठक स्थगित

जेठ २७, २०७७

    काठमाडौं : अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्‍ज कोअर्पोरेसन (एमसिसी) बारे छलफल गर्न डाकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। 

    प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तालाई कारण देखाउँदै मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। 

    झलनाथ खनाल नेतृत्वको अध्ययन कार्यदलको सिफारिसको बेवास्ता गर्दै एमसिसीसम्वद्ध कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि पार्टीमा विवाद चुलिएको छ। 

    'बैठक के कारणले सयको स्थगित भएको जानकारी छैन', उनले भने, 'आज बस्ने भनिएको बैठक स्थगित भएको सुचना आएको छ। तर, के कारणले रोकियो र फेरि कहिले बस्छ भन्‍ने जानकारी आएको छैन।'

    प्रधानमन्त्री केपी शर्मा ओली संसदको यही अधिवेशनबाट एमसिसी पास गर्ने पक्षमा छन्। तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल, झलनाथ खनाल र माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले एमसिसी सम्झौता संशोधन नगरी पास गर्न नहुने अडान लिएका छन्। 

    मंगलबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न नहुने भन्दै सहायक सम्झौताका केही शर्त संशोधन गर्न सकिने बताएका छन्।

    एमसीसीबारेमा विवाद चुलिएपछि यसअघि गत जेठ १७ गते सचिवालय बैठक बसेको थियो। त्यस बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरे एमसिसीबा निर्णय गर्ने लिने सहमति भएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]