समाज

चीन र पाकिस्तानविरुद्ध गोर्खा सेना प्रयोग रोक्न परराष्ट्रलाई माेर्चाकाे ज्ञापन

जेठ २७, २०७७

    काठमाडाैं : ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले मित्रराष्ट्र चीन र पाकिस्तानविरुद्ध गाेर्खा सैनिककाे प्रयाेग राेक्न भारतलाई दबाब दिन सरकारसँग माग गरेकाे छ। 

    इन्डियाली गोर्खा सेनासम्बन्धी नेपाल, बेलायत र इन्डियाबीच सन् १९४७ नोभेम्बर ९ मा भएको त्रिपक्षीय सन्धि रद्द गर्न माेर्चाले माग गर्दै आज दिउँसो परराष्ट्रमन्त्रीलाई एक  ज्ञापनपत्र बुझाएको छ।

    इन्डियाले शत्रु ठानेका राष्ट्रहरू नेपालका मित्र भएका हुँदा ती मित्रराष्ट्रविरुद्ध गोर्खा सैनिक प्रयोग गर्नु गलत हो भन्दै युद्धमा मारिएका गोर्खा सैनिकको शव घरपरिवारलाई जिम्मा नलगाउनु अमानवीय भएको ज्ञापनपत्रमा उल्लेख छ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संसद्मा व्यस्त भएकाे भनिएकाले परराष्ट्र मन्त्रालयका सार्क महाशाखा प्रमुख सहसचिव यज्ञबहादुर हमाललाई ज्ञापनपत्र बुझाइएको मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले जानकारी दिए

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]