काठमाडौँ : लामो समयपछि काठमाडौँ उपत्यकामा आज (आइतवार) साँझ हलुका वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले उपत्यकासहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङ्सहित हलुका वर्षा भइरहेको छ।
पश्चिमी वायु र भारतको बंगालनजिक बनेको न्यूनचापीय रेखाका कारण उपत्यकासहित दुई प्रदेशमा हलुका वर्षा र देशभरि नै मौसम बदली भएको मौसम विज्ञान विभागले जनाएको छ।
मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आगामी ३ दिन नै मौसम प्रणालीको प्रभाव पर्ने भएकाले देशभरि मौसम फेरिने सम्भावना रहेको थाहाखबर बताए।
सोमवार दिउँसो देशभरिको मौसम आंशिक बदली भएर पहाडी भूभागमा हलुका पानी पर्नसक्ने सम्भावना रहेको छ। सोमवारभन्दा मंगलवार काठमाडौँ उपत्यकामा पानी धेरै पर्ने सम्भावना रहेको पनि उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।