विश्व

भारतमा घरेलु मदिरा सेवनबाट १७ जनाको मृत्यु

Photo: bhaskar.com
साउन २, २०७३

    भारतको उत्तर प्रदेशमा घरेलु मदिरा पिउदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने अन्य १२ जनाको अस्पतालमा उपचार भईरहेको, भारतीय प्रहरीले जनाएको छ। 

    उत्तर प्रदेशको इताह जिल्ला प्रहरी स्रोतका अनुसार शुक्रबार राति मदिरा सेवन गरेका उनीहरूमा वान्ता हुने, पेट दुख्ने र दृष्टि धमिलो हुने लगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। 

    उपचारको क्रममा केहीको मृत्यु भएको बताइएको छ भने १२ जना अस्पतालमा उपचाररत छन्, एक प्रहरीले आफ्नो नाम गोप्य राख्ने शर्तमा बताए। उपचाररत केहीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर (गम्भीर) रहेको बताइएको छ। 

    प्रहरी अधिकारीले एक स्थानीय मदिरा बिक्रेतमलाई उक्त अपराधमा दोषी भएको आरोपमा शनिबार अबेर पक्रउ गरी मुद्दा दायर गरेको छ। 

    मदिरा बिक्रताले आफ्नो अन्तिम ब्याचको उत्पादनमा रक्सी कडा पार्न बिषाक्त रसायन मिसाएको भनी स्थानीयले लगाएका आरोपपछि अनुसन्धान अघि बढाइएको छ। 

    पछिल्लो यस घटनालाई लिएर मुख्यमन्त्री अखिलेश यादवले इताह जिल्लाका पाँचजना कर्मचारी र दुई प्रहरी अधिकारीलाई जिम्मेवारी पूरा नगरेको आरोपमा निलम्बन गरेका छन। 

    उनले घटनामा मृत्युभएका व्यक्तिका आफन्तजनलाई दुई लाख भारतीय रुपैंया राहत दिने घोषणा समेत गरेका छन। 

    भारतमा हरेक बर्ष घरेलु रक्सी सेवनबाट सयौं मानिसको अकालमा मृत्यु हुने गर्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]