खेलकुद

विश्व मुवाथाई च्याम्पियनसिपमा सञ्जय राईले जिते स्वर्ण

चैत ८, २०७३

    काठमाडौं : थाइल्यान्डको बैंककमा भएको चौधौ विश्व मुवाथाई च्याम्पियनसिपमा नेपालका सञ्जय राईले स्वर्ण जितेका छन्। नेपाल राष्ट्रिय मुवाथाई संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिका अनुसार सञ्जयले प्रतियोगिताको पुरुष ४८ केजी तौलसमूहको फाइनलमा सञ्जयले स्पेनका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन्।

    हरेक वर्ष हुने प्रतियोगितामा नेपालले सातौं संस्करणदेखि नियमित सहभागिता जनाउदै आएकोमा पहिलो पटक स्वर्ण जितेको अध्यक्ष कक्षपतिले जानकारी गराए।
    मार्च ११ देखि १७ तारिखसम्म भएको उक्त प्रतियोगितामा स्वर्णका अलावा नेपालले थप १ रजत र २ कांस्य पनि हात पार्‍यो। महिलाको ६७ केजीमा अनिशा खड्काले रजत तथा पुरुषको ५७ केजीमा दीपक तामाङ र महलिाको ५४ केजीमा करुणा उप्रेतीले कांस्य जिते।

    प्रतियोगितामा ६ नेपाली खेलाडीले सहभागिता जनाएका थिए। पुरुष ६० केजीमा रामगोपाल शाह ठकुरी र ६७ केजीमा ससिन्द्र रन्जित पदकविहीन रहे। निलम अधिकारीले प्रशिक्षक तथा उमेरकुमार खड्काले व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए। प्रतियोगितामा विभिन्‍न ४० राष्ट्रको सहभागिता रहेको बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]