|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा  रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जित हासिल गरेको छ। बैंगलुरुले गएराति सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको हो।

२ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए।

ओपनर अभिषेक शर्मा र प्याट कुमिन्सले समान ३१ रन, नितेशकुमार रेड्डी, भुवनेश्वर कुमारले समान १३ रन जोडे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बैंगलुरुका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामेरुन ग्रिनले समान २, विल ज्याक्स र याश दयालले समान १ विकेट लिएका थिए।

त्यसअघि टस जितेर बैंगलुरुले ब्याटिङ रोजेको थियो। विराट कोहली र रजत पाटिदारको अर्धशतकसँगै बैंगलुरुले ७ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो। विराटले र फा डु प्लिसिसले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए।

विराटले ४३ बलमा ४ चौका र १ छक्कासहित ५१ रन जोडे। डु प्लिसिसले १२ बलमा ३ चौका र १ छक्कासहित २५ रन बनाए। पाटिदारले २० बलमा ५ छक्का र २ चौकासहित ५० रन जोडेका थिए। क्यामरोन ग्रिनले ३७ रन जोडे । दिनेश कार्तिकले ११ र स्वप्निल सिंहले १२ रन बनाए। राजस्थानका जयदेवले ३, टि नटराजनले २ र प्याट कुमिन्सले १ विकेट लिए।

जितपछि पनि ९ खेलमा ४ अंकका साथ बैंगलुरु अंकतालिकको पुछारमा छ। हैदरावाद १० अंकसहित तेस्रो स्थानमा छ। समान १० अंक जोडेका कोलकाता नाइट राइजर्स दोस्रो र लखनउ सुपर जाइन्ट्स चौथो स्थानमा छ । राजस्थान रोयल्स १४ अंकसहित शीर्षस्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.