समाज

झुन्डिएको अवस्थामा मृत्त फेला

चैत ९, २०७३

    काठमाडांै  काठमाडौं बौध्द सिमलटारस्थित बुधबार एक घरमा झुन्डिएको अवस्थामा एक महिला  मृत फेला परेकी छन्। प्रवीण लामाको घरमा डेरा गरी बस्ने चलाखु ८ नुवाकोट स्थायी घर भएकी वर्ष २३ की प्रतिमा श्रेष्ठले आफ्नै कोठामा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत्त फेला परेकी हुन्।

    बौध्दबाट गएको प्रहरीको एक टोलीले घटनास्थलको मुचुल्का कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान कार्य जारी रहेको बौध्द प्रहरीले जानकारी दिएको छ।

    यसैगरी, कागेश्वरी मनहरा नगरपालिका (१ मूलपानी स्थित मनहरा खोलामा मंगलबार डुबेर मृत्त अवस्थामा एक शव फेला परेको छ।
    मृतक भालेवास –३ उदयपुर स्थायी घर भई हाल मूलपानी बस्ने वर्ष ६० को गन्जे शेर्पा रहेको प्रहरीले जनाएको छ।
    बौध्दबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाई शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगंज पठाएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान कार्य जारी रहेको बौध्द प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]