राजनीति

सहिद गौतमको परिवारलाई माओवादीले दियो ६ लाख

चैत १०, २०७३

    काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई ६ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। 

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव र केन्द्रीय कार्यालयको निर्णयअनुसार नै बिहीबार कञ्चनपुरमा स्थानीय पार्टी नेतृत्वले सहिद गौतमका पत्नी लक्ष्मीलाई राहत रकम प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

    माओवादीले सहिद गौतमका पत्नी, बुबा, आमा र छोरीलाई साथै राखेर राहत रकम प्रदान गरेको हो। माओवादी केन्द्रका नेता एवम् कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले केही दिन अघि कञ्चनपुरमा गौतम परिवारलाई राहत रकम प्रदान गर्ने घोषणा गरेका थिए।

    सरकारले गौतमलाई सहिद घोषणा गरिसकेको छ। पुनर्वासमा कल्भर्ट बनाउने विषयमा सामान्य विवाद हुँदा भारतीय सुरक्षाकर्मीको हातबाट गौतमको हत्या भएको थियो। सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत रकम दिइसकिएको छ। नेकपा एमालेले पनि गौतम परिवारलाई ५ लाख रुपैयाँ दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]