समाज

पिकअप भ्यान भिरबाट खस्दा दुईको मृत्यु, आठ गम्भीर
SHARES

साउन १०, २०७३

    मोरङ : मोरङको पहाडी गाविस रमितेखोलामा गएराति पिकअप भ्यान भिरबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्। 

    मोरङकै टाँडीबाट रमितेबजारतर्फ जाँदै गरेको को१ज १७५५ नम्बरको पिकअप रमितेखोला-२ स्थित भिरबाट ध्वासे खोलामा खस्दा सोही ठाउँका वडा नम्बर ७ बस्ने १८ वर्षीय सिद्धि राईको घटनास्थलमा नै र इलाम साक्फारा-१ बस्ने १५ वर्षीय सन्दिप राईको उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो। 

    दुर्घटनामा रमितेखोला-२ बस्ने २५ वर्षीय नन्दकुमार राई, २६ वर्षीय पदम राई, २८ वर्षीय उमेश गुरुङ, १८ वर्षीय दिलीप राई, १३ वर्षीय सविन राई, रमितेखोला-७ बस्ने तजिन राई, १७ वर्षीय सविन राई र रमितेखोला–९ बस्ने २४ वर्षीय अर्जुन राई गम्भीर घाइते भएका छन्। उनीहरु सबैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए। 

    दुर्घटनामा परेका पिकअपका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]