काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रश्तुत हुने दाबी गरेका छन्। जेठ १ गते राष्...
काठमाडौं : नेपाल परिवार दलले नयाँ प्रधानमन्त्री निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने निर्णय गरेको छ।
दलको बुधबार बिहान बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजनीतिक दलहरुबीचमा राष्ट्रिय सहमति कायम गर्न र नयाँ संविधान कार्यान्वयन गर्न उचित वातावरण तयार गर्न भन्दै दलले सो निर्णय गरेको दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए।
दलका अध्यक्ष ढकालको अध्यक्षतामा बसेको सो बैठकले नयाँ प्रधानमन्त्री पदमा एकजनाको मात्र उम्मेदवारी परेको भन्दै अध्यक्ष दाहाललाई नै मतदान गर्ने पनि निर्णय गरेको थियो।
परिवार दलको तर्फबाट व्यवस्थापिका–संसद्मा अध्यक्ष ढकालसहित अर्का सांसद मिलनकुमारी राजवंशीको प्रतिनिधित्व रहेको छ।
अध्यक्ष ढकाल प्रम केपी शर्मा ओलीको मन्त्रिमण्डलमा शान्तिमन्त्री समेत भएका थिए।
व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रम पदको निर्वाचन हुँदैछ। सो निर्वाचनमा अध्यक्ष दाहालको मात्र उम्मेदवारी परेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।