छापा

सुरक्षित छैन रगत, रगत लिँदा एचआईभी सर्‍यो

असार ६, २०७४

    काठमाडौं : हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभी/एड्स संक्रमण देखिएको छ। 'चढाइएको रगतबाट ती युवालाई एचआईभी/एड्स संक्रमण हुन पुगेको हो,' उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा. अजित रायमाझीले भने, 'मुलुकमा संकलित रगत सुरक्षित छैन। उपयोगकर्तामा एचआईभी, हेपाटाइटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिँदै आएको छ।'

    रगतको माग बढ्दै गए पनि ब्लड  बैंकहरुले गतिलो जाँच (स्क्रिनिङ) नगर्दा यस्ता संक्रमणको जोखिम बढेको हो। 'ब्लड बैंकले रगतको स्क्रिनिङमा थप ध्यान नदिएसम्म रगतजन्य संक्रमणबाट प्रभावित हुनेको संख्या वृद्धि हुँदै जाने देखिन्छ,' डा. रायमाझीले भने।

    रगत चढाइएकै कारण संक्रमित हुनेको संख्या बढे पनि यसको आधिकारिक तथ्याङ्क सरकार र स्वास्थ्य संस्थाहरु दुवैसँग छैन।

कान्तिपुर दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]