छापा

देशैभर मनसुन सक्रिय, यसपालि औसत वर्षा हुने

असार ७, २०७४

    काठमाडौं : एक साताअघि पूर्वी नेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशैभर सक्रिय भएको छ। मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको हो। 

    देशका अधिकांश भूभागमा वर्षासँगै सुरु भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविज्ञ सुवास रिमालले बताए। बुधबार सुदूरपश्चिमको तराई क्षेत्रबाहेक अधिकांश भूभागमा वर्षा हुने महाशाखाको अनुमान छ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम बदली मात्र हुन सक्ने अनुमान छ।

    प्रीमनसुन र मनसुनमा प्राकृतिक प्रकोपबाट धेरै विनाश हुने भएकाले मातहतका सबै निकायलाई तयारी अवस्थामा रहन गृह मन्त्रालयले निर्देशन दिएको छ। ‘हामीले प्रीमनसुन सुरु भएलगत्तै १० चैतमा गृह मन्त्रालयमतहतका सबै निकायलाई प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिमका विषयमा तयारी अवस्थामा रहन निर्देशन दिइसकेका छौं,’ गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतले भने । 

    यो वर्ष औसत वर्षा हुने प्रक्षेपण 
    यस वर्षको मनसुनमा औसत वर्षा हुने अनुमान गरिएको छ। गत वैशाखको अन्तिम साता भुटानको थिम्पुमा बसेको मौसमसम्बन्धी विज्ञहरूको दसौं दक्षिण एसियाली दृष्टिकोण मञ्चले नेपालमा यस वर्ष औसत वर्षा हुने अनुमान गरेको थियो। मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने औसतभन्दा कम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन्।

    ‘कम वर्षा हुने भन्दैमा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप नहुने भन्ने हुँदैन,’ मौसमविद् कँडेलले भनिन्, ‘केही घण्टाको मुसलधारे वर्षाले ठूलो प्राकृतिक प्रकोप हुन सक्छ।’ नेपालमा हरेक वर्ष जुन १० देखि मनसुन सुरु भई सेप्टेम्बर २३ सम्म सकिन्छ। नेपालमा यो चार महिनामा १४ सय मिलिमिटर पानी पर्छ।

    सबैभन्दा धेरै वर्षा पोखरामा 
    जल तथा मौसम विज्ञान विभागको मंगलबार बेलुकासम्मको तथ्यांकअनुसार पोखरामा सबैभन्दा धेरै १७ दशमलव १ मिलिमिटर वर्षा भएको छ । दाङमा १५ दशमलव ४, ओखलढुंगामा १३ दशमलव ७ र काठमाडौंमा ११ दशमलव ५ मिलिमिटर वर्षा भएको छ।

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]