समाज

अाज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै

फोटो : योगी प्रकाश ढु‌ंगानाको फेसबुकबाट
असार ७, २०७४

    काठमाडौं : अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। याेगका विभिन्न अासन तथा ध्यानलगायतका कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो।

    योग दिवसको अवसरमा नेपाल योग एसोसिएसन र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा बिहान भएको योगाभ्यास कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भए। कार्यक्रममा भारतीय राजदूत मञ्जीवसिंह पुरीसमेत सहभागी थिए।

    योग दिवस मनाउन भारतको नेतृत्वमा सुरुवात गरिएको अभियानलाई संयुक्त राष्ट्रसंघको साधारणसभाले ११ डिसेम्बर, २०१४ मा मान्यता दिएको थियो। राष्ट्रसंघले मान्यता दिएसँगै २१ जुनलाई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। 

    बदलिँदो जीवनशैलीका कारण उत्पन्त हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योग प्रभावकारी मानिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]