समाज

पहिरो हटाएपछि मुग्लिन नारायणगढ सडकको जाम खुल्यो

असार ७, २०७४

    चितवन : चार किलोमा खसेको पहिरो पन्छाएपछि चितवनको नारायणगढ मुग्लिन सडकखण्ड बुधबार विहान १०ः१५  बजेदेखि सञ्चालनमा आएको छ। ईच्छाकामना गाउँपालिका ६ स्थित कालिखोलाको चारकिलो भन्ने स्थानमा मंगलबार राति खसेको पहिरोका कारण विहान ४ बजेदेखि गाडी पूर्ण रुपमा बन्द भएको थियो।

    डोजरको सहयोगमा प्रहरीले पहिरो पन्छाएपछि यातायात चल्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए। बेलाबेलामा पानी परेकाले विहानभर पहिरो पन्छाउन समस्या परेको थियो।  विहान साँढे ७ बजे पहिरो पन्छाएर १५ मिनेट गाडी सञ्चालन भएपनि पुन पहिरो खसेर बन्द भएको सडकमा अहिले पहिरो हटाएर यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

    पहिरोका कारण यातायात बन्द हुँदा जाममा परेका चितवनबाट काठमाडौ तथा पोखरा जाने र आउने सवारीहरु गन्तव्यतर्फ जान थालेका छन्। जाम खुल्न भने अझै केही घण्टा लाग्ने छ। दुई दिन अघिपनि यहाँको कालिखोलामा पहिरो खस्दा ८ घण्टा सवारी रोकिएको थियो। केही महिना अघि यहाँ खुख्खा पहिरो खस्दा दुई जनाको ज्यान समेत गएको थियो। नारायणगढ मुग्लिन सडक अहिले विस्तारको क्रममा रहेकाले विभिन्न क्षेत्रका काटिउको भित्तो खस्नेक्रम पटकपटक दोहोरिरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]