मनोरञ्जन

रुपचन्द्र विष्ट अब फिल्ममाः रुदाने अर्थात विद्रोहको नेपाली नाम

असार ७, २०७४

    काठमाडौं : थाहा आन्दोलनमार्फत मान्छे जगाउन हिँडेका रुपचन्द्र विष्टका योगदान अब पर्दामा हेर्न पाइने भएको छ। थाहा अभियानका प्रणेता तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनमा आधारित रहेर चलचित्र ‘रुदाने : विद्रोहको नेपाली नाम’ निर्माण भएको छ।

    रुपचन्द्र विष्टको १८ औं स्मृति दिवसको अवसर पारेर बुधबार चलचित्र निर्माण युनिटले चलचित्रको पोस्टर सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक गरिएका दुई पोस्टरमा रुपचन्द्र विष्टको भूमिकामा दिव्य देखिन्छन्।

    रुपचन्द्रको सिङ्गो जीवन र थाहादर्शनका महत्वपूर्ण पाटाहरु समेटेर चलचित्र निर्माण गरिएको हो। अमित किसोर सुवेदी र विकास ढकालको संयुक्त लेखन तथा निर्देशन रहेको चलचित्र दावनल क्रियसनले थाहा यात्रासँगको सहकार्यमा निर्माण गरेको हो। फिल्मको निर्माता जागृत रायमाझी हुन्।

    रुपचन्द्र विष्टको भूमिका अभिनय गरेका दिव्य देवका अलवा चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अमर सुवेदी लगायत कलाकारको अभिनय रहेको छ।

    ‘रुदाने : विद्रोहको नेपाली नाम’को छायांकन बलिउडका छायाँकार शान्ता राओले गरेका हुन्। चलचित्र निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहेको छ।

    चलचित्र तयार पार्न रुपचन्द्र विष्टको बारेमा चार वर्ष अनुसन्धान गरिएको निर्माण टिमले दिएको छ।  २०७४ सालको अन्तिमतिर प्रदर्शनमा ल्याइने तयारीमा रहेको चलचित्रले वि. सं. २००० देखि २०५६ भित्रको देशको परिस्थिति बुझ्न सकिने निर्माण पक्षले दावी गरेको छ। 'रुपचन्द्रको चेला भएको उहाँको जीवनसँग पनि जोडिएकोले चलचित्र निर्माण गरेको', निमार्ता जागृत रायमाझीले बताए।

    निर्देशक मध्येका एक अमित किशोरले भने, 'पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्तामाझ किंबदन्तीको रुपमा रहेका  रुपचन्द्रको जीवन र थाहा दर्शन सम्बन्धी अनेकौं पाटा बाहिर ल्याउने उद्देश्यले चलचित्र निर्माण गरिए हो।'

     सधै सत्य बोल्ने र ठीक काम मात्र गर्ने रुपचन्द्रको जीवन सबैका लागि उत्प्रेरणाको स्रोत बन्न सकोस् भनेर चलचित्र निर्माण गरिएको अर्का निर्देशक विकासले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]