छापा

दोस्रो चरणको निर्वाचन : यस्तो छ प्रमुख दलहरूको आँकलन

असार ८, २०७४

    काठमाडौं :

    ५८५ अर्थात् १९८ तह जित्ने कांग्रेसको दाबी

    दोस्रो चरणको निर्वाचनमा कम्तीमा १७० स्थान जितेर पहिलो पार्टी बन्ने प्रारम्भिक आँकलन कांग्रेसको छ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल नेतृत्वको टोलीले तीनवटै प्रदेशमा खटिएका नेताहरूसँग बुझेर आँकडा तयार पार्दैछ। नेता विमलेन्द्र निधिले ५८५ भन्दा बढी तहमा जित्ने दाबी गरे ।

    २०० तह जितेर पहिलो बन्ने एमालेको लक्ष्य

    पहिलो चरणको निर्वाचन परिणामबाट उत्साहित देखिएको एमालेले दोस्रो चरणको निर्वाचनमा बहुमत सिट जित्ने दाबी गरेको छ। प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ तहमध्ये २ सयदेखि २ सय १० सिटसम्म जित्ने उसको दाबी छ। प्रदेश नम्बर १ का १३७ तहमध्ये विराटनगर महानगरपालिकासहित दुईतिहाइ तहमा जित्ने एमालेको आँकलन छ । त्यस्तै, प्रदेश नम्बर ५ का १०९ तहमध्ये ६५ देखि ७० मा र प्रदेश नं। ७ का ८८ तहमध्ये कम्तीमा ६०५ स्थानीय तह जित्ने एमालेको अनुमान छ।

    १२० भन्दा बढी तह जित्ने माओवादी दाबी

    माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा झण्डै १ सय २० स्थानमा जित्ने दाबी गरेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ तहमध्ये एकतिहाइमा जित्ने आँकलन माओवादीको छ।

    तीनवटै प्रदेशका इन्चार्जले गरेको दाबीअनुसार प्रदेश नम्बर १ का १३७ मध्ये ५० देखि ५५ तहमा, ५ का १०९ मध्ये ४६ तहमा र ७ का ८८ मध्ये २५ देखि ३० तहमा पार्टीले जित्नेछ। पहिलो चरणको निर्वाचनको समीक्षासहित विशेष अभियानमा चलाइएकाले पार्टीका पक्षमा राम्रो परिणाम आउने उसको विश्वास छ । माओवादी प्रदेश नम्बर १ का इन्चार्ज गोपाल किरातीले बताए ।

    ‘पहिलो चरणमा चुनावको अनुभव त्यति थिएन, अहिले केन्द्रीय कार्यालयबाटै गम्भीर समीक्षा गर्दै चुनावमा होमिएका छौँ,’ किरातीले भने, ‘खर्च बढे पनि चुनावी अभियानमा लाग्ने लामो समय मिल्यो, जनताको बीचमा राम्रैसँग पुग्न पाइएको छ । सुखद नतिजा नै आउँछ।’

    एक उपमहानगरसहित ५ मेयर र २५ अध्यक्ष जित्ने राप्रपाको दाबी

    राप्रपाले दोस्रो चरणको निर्वाचनमा एक उपमहानगरसहित ५ मेयर र २५ गाउँपालिका अध्यक्ष जित्ने दाबी गरेको छ। नेताहरूलाई जिल्ला–जिल्लामा खटाइएकाले दोस्रो चरणको निर्वाचनमा सुधार आउने राप्रपाको विश्वास छ। प्रवक्ता रोशन कार्कीले अहिलेसम्म एक उपमहानगरसहित ५ नगरपालिका र २५ गाउँपालिकामा जित्ने रिपोर्ट केन्द्रमा आएको बताइन्।

    संघीय फोरम आन्तरिक अध्ययनमै

    संघीय समाजवादी फोरमले दोस्रो चरणको निर्वाचनमा कति स्थानमा पार्टीले जित्न सक्छ भन्ने विषयमा जिल्लाको रिपोर्ट अध्ययन गरिरहेको जनाएको छ। अध्ययनपछि मात्रै कति सिट जित्न सकिन्छ भन्ने आँकलन गर्न सकिने नेता शिवजी यादवले बताए।

    एकल र तालमेलसमेत गरेर उम्मेदवारी दिइएको उनले जनाए। ‘उम्मेदवारी आधिकांश स्थानमा दिएका छौँ, तर कति स्थानमा जित्छौँ भन्ने विषयमा आन्तरिक अध्ययन भइरहेको छ,’ यादवले भने, ‘केही दिनमा हामी आँकलन गर्छौँ।’

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]