छापा

ट्याक्सी थप्न लागेकोमा काठमाडौं महानगरपालिकाको असन्तुष्टि

असार ८, २०७४

    काठमाडौं : काठमाडौं महानगरपालिकाले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडितलाई काठमाडौं उपत्यकाभित्र गुडाउन दिनेगरी १ हजार ५ सयवटा ट्याक्सी थप्ने निर्णयको विरोध गरेको छ।

    उपत्यकामा बढ्दो ट्राफिक जाम, प्रदूषण, पार्किङ क्षेत्रको अभावले अहिले नै सवारीसाधन व्यवस्थापन गर्न गाह्रो भइरहेको र ट्याक्सी थपे झन् समस्या बढ्ने महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए। ‘महानगरपालिका सहरी क्षेत्रमा सर्वसुलभ ठूला यात्रु बस सञ्चालन गर्ने नीति तथा कार्यक्रम अडिग छ’, उनले भने।

    बुधबार संसद्को आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा प्रमुख शाक्यले यातायात व्यवस्था विभागले रुट अनुमति दिए एक सय ठूला बस तत्काल सञ्चालनामा ल्याउन तयार रहेको जानकारी दिए। ‘महानगरवासीलाई यात्रा गर्न ठूला यात्रुबस सञ्चालनका लागि तयारी गरेका छौं’, उनले भने।

    महानगरपालिकाको बैठकले उपत्यकामा थप ट्याक्सी सञ्चालन गर्ने निर्णय पुनर्विचार गर्नुपर्ने बताएको छ। त्यस्तै उपत्यकामा सञ्चालित भाडाको ट्याक्सीहरूको कडा नियमन गर्न यातायात व्यवस्था विभाग र उपत्यका ट्राफिक महाशाखालाई अनुरोध गर्ने निर्णय गरेको छ।

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]