राजनीति

सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा. गुणराज लोहनी नियुक्त

जेठ २१, २०७३

    काठमाडौं : सरकारले सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा. गुणराज लोहनीलाई तोक्ने निर्णय गरेको छ। 

    सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतको समितिमा खुल्ला प्रतिस्पर्धाबाट छनोट नभएसम्मका लागि डा. लोहनीलाई कार्यकारी निर्देशक तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो। 

    छोटो समय बसेको मन्त्रिपरिषद् बैठकमा नेपाली सेनाका अधिकृतहरुको कायम मुकायम गर्ने र केही पदावधि थप गर्ने विषयबारे पनि सामान्य छलफल भएको थियो। बैठकका थोरै मात्र एजेन्डा रहेको र नेकपा माओवादी केन्द्र सम्बद्ध मन्त्रीहरु पोलिटब्युरो बैठकका कारण अनुपस्थित रहेकाले अन्य महत्वपूर्ण निर्णय नभएको सञ्चारमन्त्री राईले बताउनुभयो। 

    फरक प्रसङ्गमा सञ्चारमन्त्री राईले वार्ताबाटै मधेसी मोर्चासहितका दलका मागलाई सम्बोधन गर्न अहिले पनि सरकार तयार रहेको भन्दै मोर्चाभित्रैबाट सहमति जुटाएर वार्तामा आउन पुनः आग्रह गर्नुभयो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]