काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकहरूलाई मासिक रुपमा तलब उपलब्ध गराउने व्यवस्था गर्ने बताएका छन्। आज (मंगलवार) सङ्घीय संसद्क...
काठमाडौं : राप्रपा र राप्रपा नेपालबीच मंगलबार हुने भनिएको एकता फेरि टरेको छ। राप्रपाले एकीकरणको गृहकार्य नपुगेको र पार्टीको विधानको अन्तरबस्तुमा थप छलफल आवश्यक भएको भन्दै मंगलबार एकता हुन नसक्ने जनाएपछि नाटकीय ढंगले एकता प्रक्रिया भंग भएको हो।
राप्रपाले सोमबार नै सरकारमा दुई जना मन्त्री पठाएको छ। ओली सरकारका मन्त्री दीपक बोहरा दोहोरिएका छन् भने प्रत्यक्ष निर्वाचित विक्रम पाण्डेल फेरि मौका पाएको सहप्रवक्ता किरण गिरीले जानकारी दिए। बोहरालाई आपूर्ति र पाण्डेलाई भूमिसुधार मन्त्रालय दिने भनिएको छ। उनीहरुले सोमबार नै शपथ ग्रहण गरेका छन्।
दुई दिनअघिमात्र पार्टी एकता मंगलबार गर्ने गरी राप्रपा नेपाल र राप्रपाका अध्यक्षले संयक्त विज्ञप्ति जारी गरेका थिए।
राप्रपा अध्यक्ष पशुपति सम्सेर राणाको निर्णयलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुर्भाग्यपूर्ण भनेका छन्।
यसैबीच प्रधानमन्त्रीले आफ्नो विस्तारित मन्त्रिपरिषदमा नेकपा संयुक्त्तलाई समेटेका छन्। संयुक्त्तबाट जयदेव जोशी मन्त्री बनेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।