|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आउँदो मंगलबार पार्टी एकीकरण घोषणा हुने भएको छ। शनिबार संयुक्त विज्ञप्ति निकालेर राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबराले दुई पार्टीबीच एकीकरणको घोषणा हुने जनाएका हुन्।

एकताबाट 'मुलुकमा एक बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने' संयुक्त विज्ञप्तिमा उल्लेख छ। राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले संयुक्त विज्ञप्ति ट्विट गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.