राजनीति

परिवर्तनको वाहक कांग्रेसलाई जिताउन सिटौलाको आग्रह

कात्तिक २३, २०७४

    झापा : नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभाका लागि झापा क्षेत्र नम्बर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले समुन्नतितर्फ लम्किने समाजले परिवर्तनका पक्षधरलाई साथ दिने भन्दै परिवर्तनको बाहक कांग्रेसलाई जिताउन आग्रह गरेका छन्।

    चुनाव प्रचारको क्रममा बाह्रदशी गाउँपालिका पुगेका सिटौलाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा एमाले र  माओवादी केन्द्र दुवैले तीन नम्बर क्षेत्रमा उम्मेदवारी नदिएपछि परिवर्तनको पक्षधर कांग्रेस मात्र मैदानमा रहेकाले झापाली मतदातासँग अत्यधिक मतले कांग्रेसलाई विजयी गराउन आग्रह गरेका हुन्।

    प्रेस युनियन झापाले बुधबार आयोजना गरेको अर्को कार्यक्रममा सिटौलाले वामपन्थीहरुले जीतेमा लोकतन्त्र मासिने भएकाले लोकतन्त्रको रक्षा र मुलुकको समुन्नत विकासका लागि कांग्रेसका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे। उनले आसन्न निर्वाचन अधिनायकवाद र लोकतन्त्रबीचको प्रतिष्पर्धा भएको जिकिर गरे।

    पूर्वसांसद सुधीरकुमार शिवाकोटीले कम्युनिष्टको अन्तिम उद्देश्य नै साम्यवादी शासन भएकोले लोकतन्त्रको रक्षाका लागि कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे। पूर्वसांसद विश्वदीप लिङ्देनले मधेसी, जनजातिलगायत पिछडिएको समुहलाई अधिकार दिन नचाहनेहरुको गठबन्धनले जितेमा मुठ्ठीभर नेता मात्र सफल बन्ने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]