|

काठमाडौं : पछिल्लो राजनीतिक घटनाक्रमपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको संसदीय दलको बैठक बोलाएका छन्।  बैठक सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेगरी बोलाइएको एकीकृत समाजवादीका उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डेले जानकारी दिए।

जनता समाजवादी पार्टी नेपाल जसपा विभाजनपछि उत्पन्न नयाँ राजनीतिक घटना क्रमकाबीच समीक्षा गरेर थप रणनीति तयार गर्न पार्टी संसदीय दलको बैठक बोलाइएको हो।

पछिल्लो समय पार्टी अध्यक्ष नेपाल वर्तमान सत्ता गठबन्धनलाई छाडेर कांग्रेससँग गठबन्धन गर्ने प्रयासमा लागेका समाचारहरू आइरहेका छन्। यसैक्रममा नेकपा एसको बार्गेनिङ रोक्न र नेता नेपाललाई प्रधानमन्त्री हुनबाट रोक्ने उद्देश्यले जसपालाई सत्ता गठबन्धनकै उक्साहटमा फुटाइएको आरोप लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.