समाज

वडा अध्यक्षका उम्मेदवार कटुवा पेस्तोलसहित पक्राउ

कात्तिक २४, २०७४

    जनकपुरधाम : प्रहरीले स्थानीय चुनावमा सबैला नगरपालिका ८ का वडाअध्यक्षका उम्मेदवार रहेका ५७ वर्षीय सकुर मियासहित दुई जनालाई कटुवा पेस्तोल सहित पक्राउ परेको छ। मियासँगै सबैला नगरपालिका ४ का वर्षीया अनिल पासमान पनि रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रविण धितालले जानकारी दिए।

    गत बुधबार अवैध हतियार ल्याउदै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष अपराध अनुसन्धान शाखाको टोलीले १ थान कटुवा पेस्तोल सहित उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट १ थान कटुवा पेस्तोल, एसएलआरमा लाग्ने ३ थान गोली पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका दुव अभियुक्तहरुलाई बिहीबार जिल्ला अदालत धनुषाबाट हात हतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए।

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसंगै प्रहरीले शान्ति सुरक्षाका लागि गस्ती बढाएपछि सुरक्षा चुनौतीको रुपमा मानिएको जाँडरक्सी भट्टी, साना हातहतियार, लागू औषध सहितका सामग्रीहरु धमाधम बरामद गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]