मनोरञ्जन

यो हप्ता चार फिल्म जुध्दै, कसले मार्ला बाजी?

कात्तिक २४, २०७४

    काठमाडौं : आज शुक्रबारदेखि चार नेपाली फिल्मले आफ्नो प्रदर्शन आरम्भ गरेका छन्। फिल्म 'मेला', 'रोमियो', 'तान्द्रो' र 'सकस' आज रिलिज भएका फिल्महरु हुन्। दुईदेखि तीन वटासम्म फिल्म जुध्नु नेपाली फिल्म उद्योगमा सामान्य मानिन्छ। तर आज चार फिल्मले एकैदिनदेखि प्रदर्शन आरम्भ गर्दा चारवटै फिल्मलाई व्यापारिक रुपमा घाटा हुने पक्का छ।

    चर्चा गरौं आज रिलिज भएका फिल्मको

    मेला :
    वसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म हो 'मेला'। ‘राज राधिका इन्टरटेन्मेन्ट’को ब्यानरमा तयार भएको फिल्म ‘मेला’मा सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतको अभिनय छ।

    फिल्मका प्रस्तुतकर्ता हरि पन्त हुन् भने लेखन पनि उनकै रहेको छ। फिल्ममा मनोज के मरोडियाको लगानी रहेको छ। लभ स्टोरी जानरामा निर्माण भएको फिल्म ‘मेला’ नेपालसँगै भारतमा पनि प्रदर्शन हुँदैछ।

    रोमियो :
    त्रिकोणात्मक लभ स्टोरी रहेको फिल्म ‘रोमियो’मा हसनराजा खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका रहेको छ। हसनराजा खानकै निर्माण रहेको फिल्म ‘रोमियो’लाई शंकर कार्कीले निर्देशन गरेका छन्।

    ‘ल्याङ ल्याङ’ बोलको गीतका कारण चर्चामा रहेको ‘रोमियो’ ‘एचआरके प्रोडक्सन’को व्यानरमा तयार भएको हो। मिलन सापकोटा कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता विष्णु कार्की हुन्।

    तान्द्रो :

    दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘तान्द्रो’लाई साम्तेन भुटियाले निर्देशन गरेका छन्। 'ब्ल्याक हर्स पिक्चर्स' र 'सिनेमा आर्ट'को संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङसँगै रामबाबु गुरुङ, बुद्धि तमाङ, कमलमणि नेपाल, राजन खतिवडा लगायतको अभिनय रहेको छ।

    ‘तान्द्रो’ले तात्कालीन माओवादी युद्धकालमा घटेका घटनालाई पर्दामा देखाउन खोजेको छ। माओवादी द्वन्द्वकालमा घाइते भएका कोशिस कमरेडको कथामा आधारित रहेर निर्माण भएको फिल्ममा कोशिसको भुमिकामा दयाहाङ प्रस्तुत छन्।

    सकस :
    'दोभान फिल्मस् प्रा.लि'को ब्यानरमा निर्माण भएको फिल्म ‘सकस’लाई सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागीले संयुक्त रुपमा निर्माण गरेका हुन्। राजधानीमा फस्टाउँदै गएको गुण्डागर्दीको कथावस्तुमा आधारित यो फिल्ममा विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, सुष्मा कार्की, रवीन्द्र खड्का, श्याम राई लगायतको अभिनय रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]