मनोरञ्जन

विकिनी गर्लसँग विनयको रोमान्स, सार्वजनिक भयो 'रोमियो एण्ड मुना'को गीत

मंसिर २८, २०७४

    काठमाडौं: विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म 'रोमियो एण्ड मुना'को गीत रिलिज भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यस फिल्मको गीत सार्वजनिक गरिएको हो।

    गीत सार्वजनिक कार्यक्रममा केही नौलो दृश्य देखियो। उद्घोषकले जब फिल्मका मुख्य नायक विनय श्रेष्ठको नाम लिए, विनय दुई विकिनी गर्लको साथमा डान्स गर्दै निस्किए। उक्त कुरा गीत रिलिज कार्यक्रमका लागि नौलो थियो।

    सार्वजनिक गरिएको 'स्यान्डवीच मी' बोलको गीतमा गौरव डागोन्करको संगीत रहेको छ। गीतमा अल युआरएल एडगरको शब्द र स्वर रहेको छ। अमेरिकामा खिचिएको भिडियोमा विनय विकिनी गर्लसँग रोमान्टिक रूपमा प्रस्तुत भएका छन् भने नायिका सृष्टि भिडियोमा देखिएकी छैनन्। प्रताप सिंहको नृत्य निर्देशन रहेको भिडियोलाई उज्ज्वल सिंहले निर्देशन गरेका छन्।

    फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मलाई नरेशकुमार केसीले निर्देशन गरेका छन्। फिल्ममा विनय र सृष्टिका अलावा प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्तलगायतको मुख्य भूमिका रहेको छ।

    हेर्नुहोस् गीत:

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]