छापा

को बन्ला ३ नम्बर प्रदेशको मुख्यमन्त्री?

पुस १, २०७४

    काठमाडौं : संघीय सरकार गठनको तयारीसँगै प्रदेशसभाका मुख्यमन्त्री को बन्ने भन्ने दौड सुरु भएको छ। मुख्यमन्त्री बन्नका लागि वाम गठबन्धनका तर्फबाट निर्वाचित सांसदहरुले गृहकार्य अगाडि बढाएकाछन्। 

    प्रदेशसभा क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फको मतगणना सकिँदा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएको छ। वाम गठबन्धनकै नेतृत्वमा प्रदेशसभा गठन हुने देखिएकाले १० भन्दा बढी नेता मुख्यमन्त्रीको आकांक्षी देखिएका छन्। नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरु मुख्यमन्त्री बन्नका लागि पार्टीको नेतृत्वसँग लबिङ गर्न थालेका छन्। ६६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर ३ मा वाम गठबन्धनले ५७ सिट जितेको छ। 

    मुख्यमन्त्रीका लागि नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, सानुकुमार श्रेष्ठ, अरुण नेपाल, कैलाश ढुंगेल लगायतले दौडधुप बढाएका छन्। एमालेभित्र प्रमुख दाबेदारका रुपमा उपाध्यक्ष शाक्य रहेकी छन्। काठमाडौंबाट प्रदेशसभा सदस्य निर्वाचिच केशव स्थापितले पनि मुख्यमन्त्री आफू हुने सार्वजनिक घोषणा नै गरेका थिए। 

    नेकपा एमालेका पोलिट्ब्युरो सदस्य पशुपति चौलागाईंले मुख्यमन्त्रीका लागि आफूले दाबी गरेको बताए। उनले भने  'म प्रदेश नम्बर ३ को मुख्यमन्त्री भए विकास र समृद्धिको नयाँ युग सुरुवात गर्छु।' प्रदेश नम्बर ३ मा प्रत्यक्षतर्फ एमालेले ४२ र माओवादीले १५ सिट जितेको छ। माओवादीले मुख्यमन्त्रीमा भन्दा पनि गृहमन्त्रीमा दावी गरेको छ। 

    प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभा गठन हुने संवैधानिक व्यवस्था रहेको छ। यस प्रदेशको अस्थायी मुकाम मकवानपुरको हेटौंडा तोकिएको छ। 

नेपाल समाचारपत्र

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]