मनोरञ्जन

पर्वतीय चलचित्र महोत्सव पुस ६ देखि पोखरामा

पुस १, २०७४

    पोखरा : पोखरा फिल्म सोसाइटीको आयोजनामा यही पुस ६ देखि ८ गतेसम्म पोखरा सभागृहमा तेस्रो अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुने भएको छ। पर्वतीय क्षेत्र आसपास बसोबास गर्ने मानिसको अधिकार सुनिश्चितताको वकालतका लागि महोत्सव अायोजना गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक सरोज सापकोटाले जानकारी दिए।

    महोत्सवमा स्वेदशी २३ र विदेशी २० गरी ४३ चलचित्र प्रदर्शन गरिने छ। हिमाली क्षेत्र आसपासका संस्कृति, आदिवासी जनजातिको जनजीवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणको संवर्धन तथा प्रवर्धनका लागि जनचेतना जगाउने महोत्सवको मुख्य उद्देश्य छ। 

    नेपाली चलचित्र ‘तुइन’को पहिलो प्रदर्शनबाट सुरु हुने महोत्सवमा सुदूरपश्चिमको कथाव्यथासमेटेर तयार पारिएको ‘जालगेडी’, सञ्चारकर्मी संजोग बस्यालद्वारा निर्मित ‘कृष्ण’, ‘डडेलोको सतीसाल’, ‘नेपाली चलचित्रमा जनजातिको चित्रण’लगायत चलचित्र प्रदर्शन गरिने सोसाइटीका महासचिव विष्णु गौतमले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]