समाज

ट्रयाक्टर दुर्घटना हुँदा पाल्पामा एकको मृत्यु, ४ घाइते

पुस १, २०७४

    पाल्पा : पूर्वखोला गाउँपालिका-२ जल्पामा शनिबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छ्न्। मृत्यु हुनेमा जल्पाका ६६ वर्षिय मनबहादुर बाह्रघरे रहेको वडा अध्यक्ष निरबहादुर सारुले जानकारी दिए।

    घाइते हुनेमा स्थानीय कर्णबहादुर कवर, रेवतबहादुर हिस्की, तीलविर गाहा, सुशान्त सारु रहेका छ्न्। उनका अनुसार कवर र हिस्किको अवस्था गम्भीर छ। घाइते सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ।

    तारेगैराबाट बालुवा लिएर आउँदै गरेको लु३त ८३७१ नम्बरको ट्याक्टर जल्पा मैदाननजिकै सडकबाट करिब ५० मिटर तल खसेको अध्यक्ष सारुले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]