गुल्मी : गुल्मीमा विद्युतको तारबाट खरबारीमा सल्केको आगो फैलिँदा एउटा घर जलेर नष्ट भएको छ।
जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडानम्बर-५ निवासी गिरिबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।
विद्युतको तारबाट खरबारीमा आगोलागी हुँदै घरमा पुगेको थियो। आगोलागीबाट घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
स्थानीय र प्रहरीले आगोलागी नियन्त्रणमा लिएका थिए। गर्मी र सुख्खा सिजन सुरु भएसँगै जिल्लाका दर्जन बढी स्थानका सामुदायिक वन जंगलमा आगोलागी भइरहेको छ। आगोलागीबाट करोडौंको क्षति भएको छ। जिल्लाका विभिन्न स्थानमा आगोलागीबाट झन्डै १०० को संख्यामा घर गोठ जलेर नष्ट भएका छन्।
त्यत्तिकै संख्यामा पशुचौपाय जलेर नष्ट भएका छन्। वनजंगलमा आगोलागीले वन्यजन्तुको पनि ठूलो संख्यामा क्षति भएको अनुमान छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।