छापा

वीरको भीभीआइपी क्याबिन २६ वर्षदेखि प्रतिक्षामा

पुस २, २०७४

    काठमाडौं : खाना पकाउने ग्यास, भाँडाकुँडा, ओभन, दुईवटा बाथरूम, भान्छा, दराज, गिजरलगायतका सुविधा सम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याबिन २६ वर्षदेखि खाली छ। सो क्याबिनमा बिरामी र कुरूवा सुत्ने कोठा, बिरामी भेटन् आउँदा भेटघाट गर्ने कोठा, वेटिङ कोठा र सुत्ने कोठा गरी ८ वटा कोठा छुट्ट्याइको छ। सुविधाको कुनै कमी छैन। तर, यो कक्षमा भर्ना भएर उपचार गर्न पनि विशिष्ट व्यक्ति नआउँदा खाली रहँदै आएको छ। सो कक्ष खाली भएको पनि एकदुई होइन २६ वर्ष भइसक्यो।

    कुनैपनि बेला देशको विशिष्ट व्यक्ति उपचार गर्न आउने सम्भावनामा अस्पतालले क्याबिनका लागि सफाइ कर्मचारी र नर्सिङ कर्मचारी तैनाथ गरेको छ। क्याबिनभित्र आवश्यक सामान पनि तयारी अवस्थामा छन्। तर, यो क्याबिन प्रतिक्षामै सिमित छ। २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि कुनै पनि भीभीआइपीले सो कक्षमा उपचार सेवा लिएका छैनन्।

    'दुवै राष्ट्रपतिले बहिरंग विभागमा आएर दाँत बनाएर गएका छन्, प्रधानमन्त्री कुनै पनि आएका छैनन्,' वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले भने। भीभीआइपी बिरामीबाहेक अरुलाई दिन नमिल्ने भएकाले खाली राखिएको अस्पताल प्रशासनले जनाएको छ।

नागरिक दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]