छापा

सात प्रदेशमा हुनेछन् एक सय १० मन्त्री

पुस २, २०७४

    काठमाडौं : प्रदेश सरकारको आकार प्रतिशतका आधारमा जम्बो बन्ने देखिएको छ। राज्य व्यवस्था समितिले सरकारलाई कार्यान्वयनका लागि पठाएको प्रतिवेदनमा प्रदेशहरूमा सामान्यतया सातवटा मन्त्रालय रहने भनिएको छ।

    संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकार प्रदेशसभा सदस्यको संख्याको २० प्रतिशत बन्दा ५ सय ५० सदस्यीय प्रदेशसभाअनुसार १ सय १० सदस्यीय प्रदेश सरकार बन्नेछ।

    प्रदेश ३ मा सबैभन्दा ठूलो सरकार बन्नेछ। १ सय १० सदस्यीय प्रदेशसभाका आधारमा बढीमा २२ सदस्यीय प्रदेश सरकार बन्नेछ। प्रदेश ३ मा प्रत्यक्ष निर्वाचित ६६ र समानुपातिक प्रणालीबाट ४४ सदस्य गरी १ सय १० सदस्यीय प्रदेशसभा बन्नेछ।

    त्यस्तै, प्रदेश २ मा प्रत्यक्षतर्फ निर्वाचित ६४ र समानुपातिक प्रणालीबाट ४३ गरी १ सय ७ सदस्यीय प्रदेशसभा बन्नेछ। यस आधारमा प्रदेश २ को प्रदेश सरकार २१ सदस्यीय बन्नेछ। त्यसपछिको ठूलो प्रदेश सरकार प्रदेश १ को बन्नेछ। यहाँ प्रत्यक्षतर्र्फ ५६ र समानुपातिकतर्फका ३७ गरी ९३ सदस्यीय प्रदेशसभा बन्नेछ। यस आधारमा बढीमा १८ सदस्यीय प्रदेश सरकार बन्ने देखिन्छ।

    त्यसपछि प्रदेश ५ मा ठूलो सरकार बन्नेछ। यहाँ बढीमा १७ सदस्यीय मन्त्रिपरिषद् बन्नेछ। प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिकबाट ३५ गरी ८७ सदस्यीय प्रदेशसभा बन्नेछ।

    प्रदेश ४ को प्रत्यक्षतर्फबाट ३६ र समानुपातिकबाट २४ गरी ६० सदस्यीय प्रदेशसभा बन्नेछ। यस आधारमा यस प्रदेशमा १२ सदस्यीय प्रदेश सरकार बन्नेछ।प्रदेश ६ मा ८ सदस्यीय प्रदेश सरकार बन्ने देखिन्छ। यहाँ प्रत्यक्षबाट २४ र समानुपातिकबाट १६ गरी ४० सदस्यीय प्रदेशसभा बन्नेछ। त्यस्तै, प्रदेश ७ मा बढीमा १० सदस्यीय प्रदेश सरकार गठन हुनेछ। यहाँ ५३ सदस्यीय प्रदेशसभा हुनेछ। जसमा प्रत्यक्षबाट निर्वाचित ३२ र समानुपातिकबाट मनोनीत २१ सदस्य रहनेछन्।

राजधानी दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]