साहित्य

राई भाषाको कविता प्रतियोगितामा पुतली राई बनिन् विजेता

पुस २, २०७४

    उदयपुर :  कटारीमा बाम्बुले राई भाषाको कविता प्रतियोगिता आयोजना गरिएको छ। कटारीमा बाम्बुले राई समाज (वाम्रास)को आयोजनमा सम्पन्न प्रतियोगितमामा मानेभज्याङ, गाउँपालिका-३, फोकुल ओखलढुंगाका पुतली राई प्रथम भएकी छन्।

    प्रतियोगितामा मानेभज्याङ गाउँपालिका-६, हिलेपानी ओखलढुंगाका मंगलदर्शन राई दोस्रो र सोही गाउँपालिका ५ रिचुवाका नमेश राई तृतीय भएको आयोजकले जानकारी दिएको छ।

    प्रथमले नगद ५ हजार, दोस्रोले ३ हजार, र तेस्रो हुनेले २ हजारका नगदका साथमा प्रमाण पत्र हात पारेका छन्। त्यसैगरी, सान्त्वना हुन सफल हलेसी तुवाचुङ नगरपालिका–१, खोटाङका मुना राई र मानेभञ्ज्याङ–३ उँबु ओखलढुंगाका यमुना राईले नगद एक–एक हजारका साथमा विभिन्न व्यक्तित्व विकासका पुस्तकहरु हात पारेका हुन्।

    प्रतियोगितमा कविहरुलाई प्राडा.नोवलकिशोर राई र राष्ट्रियगानका रचनाकार प्रदीपकुमार राई व्याकुल माइलाले पुरस्कार प्रदान गरेका थिए। पुरस्कृतहरुलाई पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि प्राडा.नोवल किशोर राईले कवितासँगै अन्य साहित्यका अन्य विधाहरुमार्पmत भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताए।

    दुई दर्जन बढी बाम्बुले राई कविहरुले प्रयितोगितामा आफ्ना कविता वाचन गरेका थिए। प्रतियोगिता राष्ट्रियगानका रचनाकार ब्याकुल माईलाले भौतिक पूर्वाधार मात्रै विकासका आधार नभई भाषा साहित्य संरक्षण गरे मात्र समग्र विकास पूरा हुने बताए। प्रतियोगितामा बाम्बुले राईहरुको मूलथलो, ओखलढुंगा, खोटाङका अलावा उदयपुर, सिन्धुली, सुनसरी सम्मका बाम्बुले कवि, कवयत्रीहरुको सहभागिता थियो।

     बाम्बुले राई समाज (वाम्रास)को २० वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितमा बाम्बुले पुरोहित (नाक्सो–ङाबुचो ) तथा जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको समाजका केन्द्रीय उपाध्यक्ष शुभचन्द्र राईले बताए।

विदुर कटुवाल

कटुवाल ०७६ असोजसम्म थाहा खबरका उदयपुर समाचारदाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]