राजनीति

गणतन्त्र दिवसमा अाउन पूर्वराजालार्इ प्रधानमन्त्रीको निम्तो

जेठ ४, २०७५

    काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको खुशीयालीमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले पूजापाठको नाममा तमासा नदेखाउन पनि पूर्व राजा शाहलाई सचेत गराए।

    गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहेका  प्रधानमन्त्री ओलीले अर्को वर्ष गणतन्त्र दिवस समारोह समितिमा बस्न पूर्वराजा शाहलाई आफूले नै प्रस्ताव गर्ने योजना पनि सुनाए। प्रधानमन्त्री ओलीले राजसंस्थाप्रति संकेत गर्दै विष्णुको अवतारको भ्रममा परेर गतिविधि गर्ने दिन अब समाप्त भएको पनि स्मरण गराए।

    सरकारले आगामी जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस भव्य रुपमा मनाउने तयारी गरेकाे छ। पूर्वराजा शाहले पनि नागरिकको रुपमा गणतन्त्र दिवसमा रमाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ।

    प्रधानमन्त्री ओलीले ज्योतिषीहरूले विमान दुर्घटना हुनेलगायतका तथ्यहीन भविष्यवाणी गरिरहेको भन्दै आपत्ति पनि जनाए। उनले कुन ग्रह र नक्षत्रले विमान दुर्घटना देखाएको हाे भन्दै ज्याेतिषीहरूसँग प्रश्नसमेत गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]