समाज

अनैतिक क्रियाकलाप सञ्चालन गरेको आरोपमा खाजाघरका सञ्चालक पक्राउ

जेठ २९, २०७५

    भक्तपुर :  प्रहरीले मध्यपुर थिमि नगरपालिका–४, चारदोबाटोस्थित एक खाजाघरका सञ्चालकलाई युवती राखेर अनैतिक क्रियाकलाप सञ्चालन गरेको आरोपमा सोमवार पक्राउ गरेको छ।

    चारदोबाटोस्थित गगनचुम्बी खाजाघरमा युवतीहरु राखी अनैतिक क्रियाकलाप हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारी सो खाजाघरका सञ्चालक मोरङ गोविन्दपुरका ५२ वर्षिय शंकर राउतलाई २१० ग्राम लागु औषध गाँजा सहित पक्राउ गरेको हो।

    महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सो खाजाघरबाट चार युवतीलाई समेत नियन्त्रणमा लिएको परिसरका प्रवक्ता प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए। प्रहरीले खाजाघरमा खानतलासी गर्ने क्रममा विभिन्न ब्राण्डका कण्डमहरु समेत बरामद भएको जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको पाण्डेले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]