विश्व

यस्ता छन् डोनाल्ड ट्रम्प र किम जोङ उनबीच भएको सहमतिका बुँदा

जेठ २९, २०७५

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच महत्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर भएको छ।

    जसमा उत्तर कोरियालाई सुरक्षाको प्रत्याभूति दिलाएर कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त पार्ने विषय रहेका छन्। उक्त विषयमा उत्तर कोरियाका नेता किम जोङ उनले प्रतिवद्धता जनाएका छन्।

    यो भेट र सहमतिपछि उत्तर कोरिया र अमेरिकाको सम्बन्ध नयाँ र सुमधुर किसिमले अगाडि बढ्ने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन्। ट्रम्प यो भेटबाट उत्साहित भएको बताइएको छ। यसअघि उनी किमसँगको भेटप्रति आशंका व्यक्त गर्दै आएका थिए।

    तर, वार्तापछि भने ट्रम्पले कसैले पनि नसोचेको रुपमा सफलता हात परेको बताएका छन्।

    उक्त सहमति पत्रमा पनि उत्तर कोरिया र अमेरिकी सम्बन्धलाई नयाँ शिराबाट अगाडि बढाउने वाचा गरिएको छ।

    बीबीसीका अनुसार डोनाल्ड ट्रम्प र किम जोङ उनले हस्ताक्षर गरेको घोषणापत्रमा मूख्य रुपमा चार बुँदा रहेका छन्। जुन निम्नानुसार छन्:

    १- संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयाँ अमेरिकी-उत्तर कोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन्।

    २- संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्राय:द्वीपमा दीगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकतावद्ध तुल्याउनेछन्।

    ३ - सन् २०१८ को एप्रिल २७ तारिखमा भएको पाममुनजोन घोषणापत्रप्रति समर्थन जनाउँदै, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्राय:द्वीपको पूर्ण परमाणु निशश्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गर्दछ।

    ४ - संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाईंका क्रममा बेपत्ता भएकाहरूको अवशेष खोजी गर्ने र पहिचान भैसकेका पार्थिव अवशेषहरूलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाउँदछन्।

    सहमतिपत्र :

    थप पढ्नुहोस्:

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]