समाज

बाढीबाट जोगिन नमुना अभ्यास

जेठ २९, २०७५

    कञ्चनपुर : बेलौरी नगरपालिका ५ मा रहेको दोदा नदीमा मंगलबार बाढीबाट जोगाउनका लागि नमुना अभ्यास गरिएको छ। समुदायस्तरीय विपद व्यवस्थापन समितिको र बेलौरी नगरपालिकाको आयोजनामा गरिएको अभ्यासका सहभागीहरूलाई बाढी आएका बेला जोखिममा रहेकाको उद्दार कसरी गर्ने भन्नेबारे जानकारी दिइएको छ। 

    नदीमा अभ्यास नै गरेर बाढीका बेला जोगिने तरिका बारे जानकारी दिइएको नगरपालिकाको विपद शाखाले जनाएको छ। विपद व्यवस्थापनमा आवश्यक सम्पूर्ण सामग्रीहरू तथा  प्राथमिक उपचारको समेत व्यवस्था गरिएको छ। वस्तीमा बाढी आएका बेला उद्धार गर्नका लागि नमुना अभ्यासले सघाउ पुर्‍याउने बताइएको छ। कञ्चनपुरको बेलौरी, बेल्डाँडी, पुनर्वास, लालझाडी, शुक्लाफाँटा, महाकाली लगायत अधिकांश क्षेत्र बाढीको उच्च जोखिममा रहेका क्षेत्र हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]