समाज

पश्चिम नेपालमा पहिलो पटक मनाइयो सिकलसेल दिवस

असार ५, २०७५

    बर्दिया : १० औँ विश्व सिकल सेल सचेतना दिवस बर्दियाको बार बर्दियामा मनाइएको छ। सिकल सेल एनिमिया सोसाइटी नेपालकाे स‌ंयाेजनमा जयनगर बजारमा  मंगलबार  बाँके र बर्दियामा पहिलो पटक सिकल सेल दिवस मनाइएको हो।

    सचेतनामूलक कार्यक्रममा  प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सिकल सेल एनिमियाको परीक्षणका लागि प्रदेश सरकारले प्रवन्ध मिलाउने बताए। मन्त्री बरालले भने, 'बाँके, बर्दिया र दाङका सवै स्थानीय निकायमा सिकल सेल एनिमिया परीक्षण गर्ने व्यवस्था मिलाउने छ।'  भेरी अंचल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले एक महिनाभित्र भेरी अंचल अस्पतालले सिकल सेल परीक्षण निशुल्क बनाउने जानकारी दिए। उनले सिकल सेल एनिमियाका विरामीका लागि उचित व्यवस्था मिलाउने समेत प्रतिवद्धता जनाए। 

    नगरपालिकाका प्रमुख दुर्गा चौधरी (कविर) को अध्यक्षतामा भएको कार्यक्रममा भेरी अंचल अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, प्रदेश ५ का सांसद तिलक शर्मा लगायतले शुभकामना दिएका थिए। दिवसको अवसरमा बाँकेका पाँचजना पत्रकारलाई समेत सम्मान गरिएको थियो। सम्मानित हुनेमा कान्तिपुर टेलिभिजनका जे पाण्डे, थाहाकर्मी विश्वराज पछल्डङ्ग्या, राजधानी दैनिकका रुद्र सुवेदी, नेपाल टेलिभिजनका कृष्ण अधिकारी र कान्तिपुर टेलिभिजनकी रेजिना मल्ल रहेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]