राजनीति

चिनियाँ रेल सके अनुदानमा, नभए संयुक्त लगानीमा : नेता बडाल

असार १०, २०७५

    काठमाडौं : सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य केशब प्रसाद बडालले चिनियाँ रेल सके अनुदानमा नभए पनि दुवै देशको संयुक्त लगानीमा बनाउँदा राम्रो हुने स्पष्ट पारेका छन्। आइतबार राजधानीमा भएको एक साक्षत्कार कार्यक्रममा बोल्दै नेता बडालले यस्तो बताएका हुन्।

    नेता बडालले विभिन्न माध्यमबाट नेपाल र चीन जोड्न जरुरी रहेको सुनाउँदै भने, ‘सम्भव हुँदा मित्रराष्ट्र भारत र चीनबाट नेपालमा अनुदानमा रेल ल्याउँदा राम्रो हुन्छ, यदि त्यो सम्भव नभए दुवै देशको संयुक्त लगानीमा पनि बनाउन सकिन्छ।’

    उनले रेलवे, सडक र ट्रान्समिशनमार्फत दुवै देशलाई जोड्न आवश्यक रहेको सुनाए। उनले भने,‘यी सबै माध्यमबाट कनेक्टिभिटी जरुरी छ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण समग्रमा सफल रहेको उनको विश्वास थियो। भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिनफिङलाई नेपाल भ्रमणको लागि पठाएको निमन्त्रणा समेत प्रदान गरेकोले चिनियाँ राष्ट्रपति छिट्टै नेपाल भ्रमणमा आउने बताउँदै उनले भने,‘यो धेरै ठूलो उपलब्धि हो।’

    उसो भए चिनियाँ रेल काठमाडौं सम्झौता भएकै समयमा आइपुग्छ त भन्ने प्रश्नमा उनले भने, ‘चीनबाट केरुङहुँदै काठमाडौंसम्म चिनियाँ रेल आउनेबारे महत्त्वपूर्ण सम्झौता भएको छ, उक्त सम्झौताअनुसार दुर्इ वर्षभित्र डिपिआर तयार पार्ने र सात वर्षभित्र रेलवे निर्माण गरिसक्ने भनिएको छ'

    उनले मेलम्ची आयोजनाको उदाहरण दिँदै रेल ठ्याक्कै कति वर्ष लाग्छ भनेर अहिले केही भन्न सकिने अवस्था नरहेको बताए। उनले भने, 'मेलम्ची पाँच वर्षमा ल्याउने भनिएको थियो, अहिले २० वर्ष पूरा भयो तर आएको छैन, यसपालिपनि दशैंअघि नै आउने भनिएको छ, तर आउने वा नआउने ठेगान छैन, यस्ता ठूलो परियोजनाहरू कहिले छिटो हुन्छन् कहिले धेरै ढिलो पनि हुन्छन्।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]