समाज

धनगढीकाे तापक्रम ४४ डिग्री पुग्यो

असार ११, २०७५

    धनगढी : सधैँ चहलपहल रहने धनगढी केही दिन यता दिउँसोको समयमा सुनसान जस्तै देखिन्छ। बजारहरूमा किनमेल गर्नेहरूको संख्या पनि पातलिएको छ।

    सडकमा दुईपांग्रे सवारी साधनको चाप पनि घटेको छ। बिहान र साँझपख चलहलपल बढे पनि दिउँसोको समयमा सुनसान छ। अत्याधिक गर्मीका कारण यहाँको जनजीवन प्रभावित भएको छ। यस वर्षकै सबै भन्दा बढी गर्मी सोमबार मापन गरिएको छ। सोमबार दिउसो ३ बजेर ९ मिलेटमा धनगढीको तापक्रम ४४ डिग्री मापन गरिएको छ। हावा पनि फिल्ड कार्यालय अत्तरियाले पछिल्ला केही दिन यता तापक्रम बढिरहेको जनाएको छ। 

    चर्को गर्मीका कारण सर्वसाधरणहरूलाई दैनिक काम काजका साथै हिडडुल गर्न समेत कठिनाई हुन थालेको छ। गर्मीका साथै भोल्टेज र वेला वेलामा लोडसेडिङका कारण मानिसहरू थप मारमा परेका छन्। गर्मीका कारण दैनिक मजदुरी गरेर गुजारा चलाउने वर्गलाई सवैभन्दा बढी प्रभावित बनाएको छ। रिक्सा चलाएर पारिवार पाल्दै आएका रामबहादुर चौधरीले भने, ‘एकमिनेट रिक्सा चलाउन पनि नसकिने भयो।’ गर्मी बढेपछि किसानहरू पनि प्रभावित भएका छन्।

    खडेरीका कारण बीउ र तरकारी सुक्न थालेपछि उनीहरू चिन्तित भएका हुन्। स्थानीय रूद्र अधिकारी भन्छन्, ‘केही दिनअघि हावाहुरीले सखाप बनायो। अहिले गर्मी झेल्दैछौं।’ गर्मी बढेपछि बालबालिकालाई विद्यालय जान समेत समस्या हुन थालेको छ। गर्मी बढेसँगै स्थानीय स्वास्थ्य संस्थामा भाइरल ज्वरो झाडापखाला लगायतका बिरामीको चाप पनि बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

    तापक्रम अझै बढ्न सक्छ - मौसमविद

    कैलाली सहितका जिल्लामा केही दिनदेखि बढिरहेको तापक्रम अझै उकालो लाग्ने मौसमविदहरूले बताएका छन्। तत्काल पानी पर्ने संभावना नरहेकोले तापक्रम अझै बढ्ने उनीहरूको दावी छ। मौसम पूर्वानुमान महाशाखा काठमाडौ‌का मौसमविद समीर श्रेष्ठले कैलाली सहितका जिल्लामा अझै केही दिन तापक्रम बढ्ने अनुमान गरिएको बताए। ‘तत्काल मनसुन सक्रिय हुने देखिएको छैन। तापक्रम अझै बढ्ने अनुमान हामीले गरेका छौं,' श्रेष्ठले भने। उनले पश्चिममा एक सातासम्म मनसुन सक्रिय नहुने बताए। छुटपुट रूपमा केहीबेर पानी परे पनि त्यसले प्रचण्ड गर्मीमा राहत दिन सक्ने छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]