राजनीति

पहुँचका आधारमा मात्र दिइने सेवाको अन्त्य हुनुपर्छ : मुख्यमन्त्री भट्ट

असार ११, २०७५

    डडेल्धुरा : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पहुँचका आधारमा दिइने सेवाको अन्त्य हुनुपर्ने बताएका छन्। सोमबार डडेल्धुरास्थित उपक्षेत्रीय ‘अस्पतालको अनुगमन तथा सेवा समुउद्घाटन’ कार्यक्रममा बोल्दै मुख्य मन्त्री भट्टले यस्तो बताएका हुन्।

    नेपालमा पहुँचको आधारमा सबै सेवा सुविधाहरु उपलब्ध गराउने प्रवृतिको अन्त्य गर्नुपर्ने उनले बताए। नेपालमा त्यसको अन्त्य नगरेसम्म विकास, स्वास्थ्य उचार र जनताको पहुँच पुर्‍याउन नसक्ने उनको भनाइ छ।

    जहाँका जनताले सकारको अनुभूति गर्न पाएका छैनन् त्यहाँका जनतालाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याएको उनले जानकारी दिए। जनताको स्वास्थ्य उपचारको लागि सहज बनाउनका लागि प्रदेश सरकारले कार्यक्रम ल्याउन लागेको उल्लेख गर्दै मुख्य मन्त्री भट्टले त्यसका लागि स्थानीय सरकार तयार हुनुपर्ने बताए।

    ‘हामीले गाउँका जनतालाई सेवा सुविधा दिनका लागि त्यो ठाउँमा सुविधा पुर्‍याउन त छँदै छ।’ उनले भने, तर, त्यो निश्पक्ष हुनु पर्दछ। कुनै पहुँचको आधारमा हुनु हुँदैन। त्यो अवश्यकताका अधारमा हुनु पर्छ।

    प्रदेश सरकारले उपक्षेत्रीय अस्पताललाई प्रदेश ७ का सात पहाडि जिल्लाको केन्द्र अस्पतालका रुपमा लिएको उनको भनाइ थियो। यहाँबाट दिइने हुने सेवा सुविधाहरु सबैको पहुँचमा सहज रुपले प्रदान गर्नुपर्ने उनले बताए। उनले अस्पताललाई नमुनाको रुपमा काम गर्न पनि सुझाव दिए।

    एउटा निर्वाचन क्षेत्रमा एउटा एम्बुलेन्स

    प्रदेश सरकारले एउटा निर्वाचन क्षेत्रमा एउटा एम्बुलेन्स दिने प्रस्ताव गरेको मख्य मन्त्री भट्टले बताएका छन्। ‘एउटा निर्वाचन क्षेत्रमा एउटा एम्बुलेन्स दिने भनेर हामीले प्रस्ताव गरेका छौँ।’ उनले भने, ‘अझैँ हामीले एम्बुलेन्सभित्रै उपचार गर्ने वातावरण बनाउने खालको सुविधासम्पन्न हुनुपर्छ।’

    साथै प्रदेश सरकारले ‘एउटा वडा, एउटा स्वास्थ्यचौकी र एउटा स्थानीय तह, एउटा अस्पताल’ नीति अगाडि सारेको उनले बताए। साविकका गाविसमा भएका एउटा स्वास्थ्य चौकीले मात्रै नपुग्ने हुँदा टोलटोलमा प्रारम्भिक उपचारको सुरुवात गर्नुपर्छ भनेर यो नीति ल्याइएको उनले जानकारी दिए।

    सोमबार डडेल्धुराका आएका मुख्यमन्त्री भट्टले उपक्षेत्रीय अस्पताल डडेल्धुराबाट प्रवाह हुने इन्डोस्कोपी, थाइराइड हर्मोन परीक्षण (टिएफटी) र नवजात शिशु सघन उपचार (आइसियु) सेवाहरुको समुउद्घाटन गरे। साथै उनले अस्पालले दिइरहेको सेवाका बारेमा बेड भर्ना भएका बिरामीहरुको प्रतिक्रिया पनि लिए। बिरामीहरुले अस्पतालले प्रवाह गरिरहेको सेवा ठीकै रहेको प्रतिक्रिया दिएका थिए।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]