समाज

सरकार र डा. केसीका प्रतिनिधिबीचको दोस्रो वार्ता शिक्षा मन्त्रालयमा सुरु

साउन १, २०७५

    काठमाडौं : सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीचको दोस्रो चरणको वार्ता शिक्षा मन्त्रालयमा सुरु भएको छ। हिजो सरकारले वार्ता टोली गठन गरेपछि पहिलो चरणको वार्ता सोमबार बेलुका आठदेखि १० बजेसम्म चलेर स्थगित भएको वार्ता मंगलबार भर्खरै  सुरु भएको हो।

    वार्तामा सरकारी टोलीका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी छन् भने डा केसीका पक्षबाट वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह र प्रितम सुवेदी सहभागी रहेका छन्।

    डा. केसी पक्षबाट वार्तामा सहभागी एक सदस्य प्रितम सुवेदीले भने, 'आजको वार्ता भर्खरै शुरु भएको छ केही निकास निस्केला भन्ने आशा गरेका छौँ' हिजो अबेरसम्म चलेको वार्तामा सरकारी पक्षले डा केसीको स्वास्थ्यलाई ध्यान दिँदै तत्काल काठमाडौँ ल्याउने व्यवस्था मिलाउन केसी पक्षसँग आग्रह भए पनि केसी पक्षले भने पहिले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने अडान राखेकाले वार्ता सहमतlमा पुगेको थिएन। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]