राजनीति

भूमिसम्बन्धी समस्या सधैँका लागि अन्त्य गर्छौं : मुख्यमन्त्री पोख्रेल

साउन २, २०७५

    बर्दिया : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भूमिहीन समस्या सधैँका लागि अन्त्यका गर्न प्रदेश सरकारले योजना बनाइसकेको बताएका छन्।

    मुख्यमन्त्री पोख्रेलले बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा भएको १९औँ कमैया मुक्ति दिवस समारोहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। 

    मन्त्री पोख्रेलले प्रदेश ५ ले यस आर्थिक वर्षमा कानुन तर्जुमा र आवधिक योजना बनाउने कार्यलाई पूर्णता दिने पनि बताए। यस वर्षलाई आधार वर्षको रूपमा लिइएको मुख्यमन्त्री पोख्रेलको भनाइ थियो। 

    प्रदेश सरकारले यस क्षेत्रको सडक विस्तारलाई बढी प्राथमिकतामा राखेको र पालिकाहरूलाई सदरमुकामसम्म जोड्न सहयोग पुर्‍याउने उद्देश्य रहेको उनले बताए। यसअन्तर्गत अन्तरआञ्चलिक बाटाहरू निर्माण भइरहेको पनि उनको भनाइ थियो।

    युवाहरूको मोह खेलकुदतिर देखिने तर त्यसको आधार नेपालमा नबनेकाले अब प्रदेश सरकारले प्रत्येक पालिकामा खेलकुद मैदान निर्माण गर्ने पनि उनले जानकारी दिए। खेलकुद मैदान निर्माणका लागि गाउँपालिकामा ५० लाख, नगरपालिकामा ७५ लाख र उपमहानगरपालिकामा एक करोड २५ लाख रुपैयाँको दरले बजेट तर्जुमा गरेको मुख्यमन्त्री पोखरेलले बताए। 

    भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री आरती पौडेलले भूमिसम्बन्धी समस्या समाधान गर्नका लागि योजना बनाएर सम्पूर्ण समस्या समाधान गर्ने बताइन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]