समाज

६ दिनपछि आफन्तले शव बुझे

फाइल तस्बिर
साउन २५, २०७५

    रुकुम : रुकुम पश्चिमको चौरजहारी अस्पताल प्रशासन र मृतकका आफन्तबीच शुक्रबार सहमति भएको छ। सहमतिपश्चात् ६ दिनपछि आफन्तले मृतकको शव बुझेका छन्।

    उपचारको क्रममा गत श्रावण २० गते मृत्यु भएकी जाजरकोट भेरी नगरपालिका १३ कुदु निवासी यशोदा मल्ल रोकायको शव पोष्टमार्टमपछि आफन्तले बुझेका हुन्। दुई पक्षबीच भएको वार्तामा मृतकका बालबच्चाहरूलाई अस्पतालले पठनपाठनमा सहयोग गर्ने मौखिक सहमतिअनुसार शव बुझेको परिवारका सदस्य टीकाराम आरसीले बताए। अस्पताल तोडफोड तथा तनाबग्रस्त भएपछि ६ नम्वर प्रदेश क्याविनेट बैठकले निर्णय गरी तीन सदस्य छानबिन टोली चौरजहारी अस्पताल पठाएको थियो।

    सामाजिक विकास मन्त्रालयका उपसचिव वृषबहादुर शाहीको संयोजकत्वमा देवेन्द्र पौडेल र डाक्टर केएन पौडेल तीन सदस्य रहेको समितिले छानबिनको काम अगाडि बढाएको छ।


    सम्बन्धित समाचार

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]