अर्थ

स्थानीय सरकारले जथाभावी कर असुली गरे : अध्यक्ष राणा

File Photo
साउन २७, २०७५

    काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले स्थानीय सरकारले जथाभावी कर असुली गरेको भन्दै असन्तुष्टि जनाएको छ।

    नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले स्थानीय सरकारले जथाभावी कर असुली गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्। आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिको मुख्य आधार कर भएको उल्लेख गर्दै त्यसलाई सहज बनाउन पनि सरकारसँग आग्रह गरिन्। अध्यक्ष राणाले चीन र भारतले कर प्रणालीलाई सहज बनाएकै कारण आर्थिक वृद्धिदरलाई तीव्रता दिएको उल्लेख गर्दै सरकारले पनि सोही अनुसारको व्यवस्था गर्न ढिलाई गर्न नहुनेमा जोड दिइन्।

    उनले मुलुकको समृद्धिका लागि सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन्।

    अध्यक्ष राणाले मुलुकको समृद्धिका लागि उत्पादनशील क्षेत्रमा लगानी गर्न पनि निजी क्षेत्र लागि परेको दाबी गरिन्। नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले व्यवसायीलाई पीडाबोध नहुने गरी कर असुली गर्न सरकारको ध्यानार्कषण गराएका थिए। उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारसँग सहकार्य गरेर जाने प्रतिवद्धता पनि गरे।

    अध्यक्ष शर्माले मुलुकको समृद्धिका लागि स्रोतहरूको कमी नभएको पनि स्मरण गराएका थिए। नीजि क्षेत्रमा आवद्ध व्यक्तिहरूले निजी क्षेत्रको लगानीका लागि आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]