|

सुदूरपश्चिम : धनगढीमा ‘मर्निङवाक’ गर्ने क्रममा सडकमा छरपष्ट छोडिएको टेलिफोनको तारमा खुट्टा अल्झिएर घाइते भएकी वृद्धा इन्द्रादेवी पन्तको उपचारका क्रममा निधन भएको छ। 

मर्निङवाक गर्ने क्रममा खुट्टामा अल्झिएको टेलिफोनको तार विपरीत दिशाबाट आइरहेको ट्रकमा बेरिएपछि ट्रकसँगै झण्डै तीन सय मिटरको दूरीसम्म घिसारिएकी ७० वर्षीया वृद्धा पन्तको मृत्यु भएको हो।

महेन्द्रनगर नगरपालिकाको भासी टोल निवासी पन्तको शव आज कञ्चनपुरस्थित महाकाली नदीको घाटमा अन्त्येष्टि गरिएको मृतकका भाई क्याप्टेन बेद उप्रेतीले जानकारी दिए।

घाइते वृद्धाको धनगढीस्थित माया मेट्रो अस्पतालमा ६८ दिनदेखि उपचार भइरहेको थियो। घटनापछि पीडित परिवारबाट क्षतिपूर्ति र उपचारको माग गर्दै नेपाल टेलिकम, धनगढी उपमहानगरपालिका र ट्रक धनीविरुद्ध मुद्दा दर्ता गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.