मनोरञ्जन

दोहोरो करको मारमा नपार्न चलचित्र निर्माता संघको माग

साउन २७, २०७५

    काठमाडौंः नेपाल चलचित्र निर्माता संघले दोहोरो करको मारमा नपार्न सरकारसँग माग गरेको छ।

    नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले स्थानीय सरकारले समेत कर असुली गर्न थालेको भन्दै दोहोरो कर लिने व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका हुन्। आईतबार ‘नेपाली चलचित्र उद्योगमा विद्यमान कर, राजस्वलगायतका प्रावधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्रुटीपूर्ण रुपमा बक्स अफिसमा समावेश गरिएको खर्च विवरण खरिबबिक्री खाताबाट सच्याउने व्यवस्था गर्न पनि माग गरे।

    भूलबस इन्ट्रि गरिएको खर्च सच्याउन नपाउँदा चलचित्र व्यवसायीहरु मारमा परेको अध्यक्ष अधिकारीको भनाई छ। संघले दुर्गम क्षेत्रमा छायांकन हुँदा भएको खर्च पनि समावेश हुनेगरी कर तिर्ने व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानकर्षण गराएको छ। संघका अनुसार नेपालमा हाल वार्षिक ९० देखि १ सय २५ वटासम्म चलचित्र निर्माण हुने गरेको छ।

    दूर्गम क्षेत्रमा गरिएको छायांकनको खर्च समावेश नगरी कर तिर्नुपर्ने प्रावधानका कारण चलचित्र उद्योग घाटामा गईरहेको पनि संघका अध्यक्ष अधिकारीको जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]