विश्व

हतियार भण्डारमा विस्फोट हुँदा ३९ सर्वसाधारणको मृत्यु

साउन २७, २०७५

    लेबनान : सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले बताएका छन्।

    बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमनकारी निकायले विष्फोटबाट भण्डार रहेको भवन पूर्णरूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको जनाएको छ।

    इदलिबको सर्मादा शहरमा भएको विष्फोटको कारण समाचार तयार पार्दासम्म थाहा हुनसकेको अधिकारीले जनाएका छन्। भग्नावशेषलाई हटाउने क्रम जारी रहेकाले मृतकको संख्यामा केही वृद्धि हुनसक्ने सम्भावना देखिएको अधिकारीहरूले जनाएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]