|

काठमाडौं : पत्नीविरुद्ध भ्रष्टाचार अभियोगमा अनुसन्धान शुरु भएपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्जेजले सार्वजनिक जिम्मेवारी स्थगन गरेका छन्। 

सान्जेजकी पत्नी बेगोना गोमेजविरुद्ध भ्रष्टाचारविरोधी अभियन्ता मानोस लिम्यिासले दायर गरेको मुद्दामा अदालतमा सुनुवाइ शुरु भएको छ। पत्नीविरुद्धको भ्रष्टाचार आरोपमा अनुसन्धान शुरु भएपछि सार्वजनिक जिम्मेवारी स्थगन गरेको उनले बताए। यस्तै राजीनामा दिने वा मुद्दा किनारा नलागुञ्जेल जिम्मेवारी स्थगित गरेर बस्ने भन्नेबारे विचार गरिरहेको उनले बताएका छन्।

सामाजिक सञ्जाल एक्समा विज्ञप्ति सार्वजनिक गरी सान्चेजले आफ्नी पत्नीलाई राजनीतिक तथा निजी जीवनबाट कमजोर बनाउने मनसायले उत्पीडनको रणनीतिअनुसार मुद्दा हालिएको दाबी गर्दै पत्नी गोमेजले यसबारे अदालतमा स्पष्ट जवाफ दिने जनाएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.