राजनीति

फेसबुकबाट कर उठाउन संसदीय समितिको निर्देशन

भदौ ४, २०७५

    काठमाडौंः संघीय संसद विकास तथा प्रविधि समितिले फेसबुकसहितका सामाजिक संजालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।

    सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सामाजिक संजालको विज्ञापनबापत् ठूलो रकम बाहिरिएको भन्दै करको दायरामा ल्याउन संचार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।

    बैठकले अत्याधुनिक प्रविधिको प्रयोग गर्न सक्ने कानुनी व्यवस्था गर्न संसदमा छिटो विधेयक पेश गर्न पनि सरकारलाई निर्देश गरेको छ। सूचना र प्रविधिको भरपुर उपयोग हुनेगरी कानुनी व्यवस्था गर्न सरकारलाई छिटो विधेयक संसदमा पेश गर्न पनि सचेत गराइएको समितिका जेष्ठ सदस्य जीपछिरिङ लामाले जानकारी दिए।

    समितिले फोर जी सेवा विस्तार, टेलिकमको गुणस्तरमा सुधारलगायतमा देखिएको समस्या समाधानका लागि भईरहेका कामको विवरण १५ दिन भित्र समितिमा पेश गर्न पनि संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ।

    काभ्रेमा रहेको आईटी पार्कलाई उद्देश्य बमोजिम प्रयोगमा ल्याउने वातावरण बनाउन पनि सरकारलाई सचेत गराइएको समितिका जेष्ठ सदस्य लामाले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]