काठमाडौं : वि सं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको ११३ किलोमिटर बुटवल नारायणगढ सडक खण्ड आजको दिन सम्म आइपुग्दा झण्डै ६ वर्ष पुग्न लागिसक्यो।
बुटवल–नारायणगढको सडक सहरी भेगमा सिक्स लेन र जङ्गली क्षेत्रमा फोर लेन मा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो। एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर २०७५ सालमा सम्झौता भएको सडकको भौतिक प्रगति अहिलेसम्म ५० प्रतिशत पनि पुग्न सकेको छैन।
पानी पर्यो त हिलो, घाम लाग्यो त धुलो अहिले सर्वसाधारणले भोग्नु परेको समस्या नै यही छ। काम सुरु गरिएपछिको ६ महिनासम्म पूर्व तयारी नभएको भन्दै र त्यस लगत्तै कोभिड महामारीले सडकको कामलाई असर गर्यो। अहिले पूर्व र पश्चिम खण्डका केही ठाउँमा कालोपत्रे सुरु भएको छ।
१६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।